कोटहीमाई गाउँपालिका, रूपन्देही जिल्लाको दक्षिण भागमा अबस्थित छ। साबिकका ६ गाउँ बिकास समितीहरू ( सिपवा, सक्रोंनपकडी, मर्यादपुर बैरघाट, मझगाँवा र बोगडी) लाई मिलाएर बनाईएको यस गाउँपालिकाको नामाकरण साबिकको बयरघाट गा.बि.समा अवस्थित कोटहीमाई भगवतिको मन्दिरबाट रहन गएको हो । कुल क्षेत्रफल ५८.२६ बर्ग किलोमिटर रहेको यस गाउँपालिकाको पुर्वमा छिमेकी राष्ट्र भारत, पश्चिममा लुम्बिनी सांस्कृतिक नगरपालिका, उत्तरमा मायादेबी गाउँपालिका र दक्षिणमा सम्मरीमाई तथा मर्चवारमाई गाउँपालिका अवस्थित छन्। यस गाउँपालिकाको कुल जनसंख्या ४५,९७५ रहेको छ ।यस गाउँपालिकामा अधिकांश मधेशी बसोबास गर्दछन् । प्राकृतिक सम्पदा ,धार्मिक बिबिधता तथा राजनैतिक रूपले परिचित यस गाउँपालिकाका अधिकांश मानिस कृषि पेशामा संलग्न रहेका छन्