FAQs Complain Problems

अपांग सिफारिस गर्नको लागि के गर्नु पर्छ ?

अपाङ्ग सिफारिस

लाग्ने समय: 

प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन। सर्जमिनको हकमा बढीमा ३ दिन।

जिम्मेवार अधिकारी: 

वडा अध्यक्ष , वडा सचिव, वडा सदस्य वा निजले टोकेको व्यक्ति

सेवा दिने कार्यालय: 

वडा कार्यालय

सेवा शुल्क: 

निशुल्क ।

आवश्यक कागजातहरु: 

निवेदन पत्र र नागरिकता प्रमाणपत्र / जन्मदर्ताको प्रतिलिपि, कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस, व्यक्ति स्वंय उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन ।

प्रक्रिया: 

निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने, वडा अध्यक्ष/वडा सदस्य/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने, निवेदन दर्ता गर्ने, तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने, चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने ।