FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

नक्सा पास तथा दर्ता स्वीकृति

सेवा प्रकार:

लाग्ने समय: 

प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन। सर्जमिनको हकमा बढीमा ३ दिन।

जिम्मेवार अधिकारी: 

नक्सा शाखा र प्रमुख प्रशासकिय अधिकृत

सेवा दिने कार्यालय: 

 गाउँपालिकाको कार्यालय 

सेवा शुल्क: 

गाउँपालिकाको आर्थिक ऐन अनुसार

आवश्यक कागजातहरु: 

नागरिकताको प्रतिलिपि , लालपुर्जाको प्रतिलिपि , मालपोत कर तिरेको रसिद,

अपाङ्ग सिफारिस

लाग्ने समय: 

प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन। सर्जमिनको हकमा बढीमा ३ दिन।

जिम्मेवार अधिकारी: 

वडा अध्यक्ष , वडा सचिव, वडा सदस्य वा निजले टोकेको व्यक्ति

सेवा दिने कार्यालय: 

वडा कार्यालय

सेवा शुल्क: 

निशुल्क ।

आवश्यक कागजातहरु: 

निवेदन पत्र र नागरिकता प्रमाणपत्र / जन्मदर्ताको प्रतिलिपि, कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस, व्यक्ति स्वंय उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन ।

प्रक्रिया: 

निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने, वडा अध्यक्ष/वडा सदस्य/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने, निवेदन दर्ता गर्ने, तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने, चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने ।

योजना / कार्यक्रम सञ्चालन सम्झौता र पेश्की निकासा

सेवा प्रकार:

लाग्ने समय: 

प्रक्रिया मिलाई आएको निवेदनमा सोहि दिन।

जिम्मेवार अधिकारी: 

प्रमुख प्रशासकीय अधिकृत, प्राविधिक शाखा, योजनाशाखा, आर्थिक प्रशासनशाखा

सेवा दिने कार्यालय: 

गाउँ पालिका वा वडा कार्यालयहरु

सेवा शुल्क: 

निशुल्क ।

आवश्यक कागजातहरु: 

उपभोक्ता समिति गठन निर्णयको प्रतिलिपि, सम्वन्धित वडा कार्यालयको सिफारिस, लागत इष्टिमेट नक्सा डिजाइन, उ.स. बाट सम्झौता र पेश्की माग निर्णय प्रतिलिपि र पत्र, उ. स. को पदाधिकारी सकैको ना. प्र को प्रतिलिपि, कार्यक्रमको हकमा समितिको प्रस्ताव